प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन

कपिलवस्तु, १९ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताए । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन रहेकाले…