८० वर्षको उमेरमा नागरिकता

काठमाडौँ, १३ वैशाख । मुगु जिल्लाको कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरकी छिन् ।  प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।  पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो…