काठमाडौँ, २४ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो । सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले…