एमालेद्वारा शिक्षकलाई आन्दोलन फिर्ता लिन आग्रह

काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वैशाखको अन्तिमसम्म संसद्‌बाट शिक्षा विधेयक पारित हुने बताएका छन् । आज प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने बताएका हुन् । उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे…