८ वर्षसम्म बनेन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल

काठमाडौँ, ५ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि त्यसको कारण खोज्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बधबार तीन सदस्यी अध्ययन कार्यदल बनाएको छ । शिक्षा तथा स्वास्थ्य समिति सदस्य सांसद अन्जना विशंखेको संयोजकत्वमा गठित कार्यदल एकवाल मियाँ र सरिता न्यौपाने…