काठमाडौँ, ९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिने हो भने आफ्नो देश आफैं बनाउनु पर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेको प्रसंगमा महासचिव पोखरेलले सो धारणा राखेका हुन् । त्यसलाई पूर्वमन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले ‘गरिबी माथिको अपमान’ भनेर…