कटौतीको विरोधमा पालिकाका जनप्रतिनिधिको धर्ना

काठमाडौँ, २१ जेठ । चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको समानीकरण अनुदान कटौती गरिएको विरोधमा स्थानीय तहका जनप्रतिनिधिले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघको नेतृत्वमा डेढ सयभन्दा बढी पालिकाका प्रमुख–उपप्रमुखले आइतबार अर्थ मन्त्रालयको मूल गेटमा तीन घण्टा धर्ना दिएका हुन् । अनुदान कटौतीको निर्णय फिर्ता नभए सिंहदरबार घेराउ गर्ने चेतावनीसमेत उनीहरूले…