आसोज १, एजेन्सी । फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण ४२ स्थानमा भूक्षय गएको छ । विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ ।…