महोत्तरीमा असिनापानीले बालीनाली नष्ट

गौशाला, १२ चैत । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाभरि गएराति र आज बिहान परेको असिना पानीले लाखौँको बालीनाली नष्ट पारेको छ । भीषण पानीसँगै अन्धाधुन्धरुपमा परेको असिनाले जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको दलहन, तेलहन, गहँु र तरकारीबालीमा लाखौँको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । असिना पानीले जिल्लाका सयौँ किसानको तयारी अवस्थामा…