बारा, २२ पौष । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका-४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् । उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर…