काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका…