जुम्ला, २४ बैशाख । जुम्लाको चन्दननाथ नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले यसको सट्टा ‘फ्याब्रिक झोला’ प्रयोग गर्न नगरवासीलाई आग्रह गर्दै जुम्ला उद्योग वाणिज्य संघलाई ‘फ्याब्रिक’ झोला हस्तान्तरण गरेको छ । प्लास्टिक नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पार्ने भएकाले रोक लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वाणिज्य…