मोरङ, ४ भदौ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विश्वविद्यालयबाट बिदाई भएपछि प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि परीक्षा होटलमा बसेर अन्तरवार्ता लिएको पाइएको छ । श्रेष्ठको ४ वर्षे कार्यकाल भदौं ५ गते सकिँदैछ । विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुगेका श्रेष्ठले कार्यकाल सकिँन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा…